संसदीय समितिको सिफारिशका आधारमै राजधानी दाङ प्रस्ताव गरिएको हो : मुख्यमन्त्री पोखरेल

काठमाडौं , असोज २० । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको राजधानी र नामबारे अध्ययन गर्न गठित संसदीय समितिको सुझावका आधारमा प्रदेशको राजधानी दाङ बनाउने प्रस्ताव प्रदेश सभामा आएको बताएका छन् ।

प्रदेश सभाको बैठकलाई मंगलवार सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले सरकारले संसदीय विशेष समितिको सुझावका आधारमा दाङ प्रस्ताव गरेको बताएका हुन् ।

‘समितिले पहिलो विकल्प दाङ, दोस्रोमा रुपन्देही र तेस्रोमा कपिलवस्तु सिफारिश गरेको थियो, सोही आधारमा प्रदेश सिफारिश गरिएको हो,’ उनले भने ।

मुख्यमन्त्री पोखरेलले बुटवल–भैरहवालाई वित्तीय करिडोरको रूपमा विकास गर्ने बताए । उनले प्रदेशको राजधानीको निर्णय गर्ने विषय प्रसव बेदना जस्तै भएको दाबी गरे । साथै उनले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशलाई बलियो बनाउन हरेक क्षेत्रको योगदानलाई मिलाउनुपर्ने बताएका छन् ।

प्रदेश ५ को प्रदेशसभा बैठकमा विशेष समय लिएर धारणा राख्दै मुख्यमन्त्री पोखरेलले यस्तो कताएका हु्न् । उनल्े कुनै एक क्षेत्र विशेषमा केन्द्रित भएर सोच्दा प्रदेश बलियो बनाउन नसकिने बताए ।

प्रदेशसभा र प्रदेश सरकारले प्रदेशबारे सोच्दा प्रदेशभित्र रहेका १२ वटै जिल्लाका नागरिकको समृद्धिको चाहनाको प्रतिनिधित्व गर्न सक्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।

प्रतिक्रिया दिनुहोस्