विश्वका १० प्रतिशत मानिसमा कोरोना संक्रमण हुनसक्छ : डब्लुएचओ

काठमाडौं, असोज २० ।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वका १० प्रतिशत मानिस कोरोना भाइरस संक्रमित हुनसक्ने बताएको छ ।

डब्लुएचओका नेताहरूको विशेष बैठकमा विश्वमा हरेक १० मानिस मध्ये एकजना कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने बताइएको हो ।

डब्लुएचओका एक उच्च अधिकारीलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरे अनुसार अझै विश्वका धेरै क्षेत्रमा जोखिम कायमै छ ।

डब्लुएचओका अनुसार विश्वभर तीन करोड ५४ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । तर, संक्रमितको वास्तविक संख्या ८० करोड नजिक रहेको डब्लुएचओको अनुमान छ ।

कोरोना महामारीको विषयमा छलफलका लागि स्वीट्जरल्याण्डको जेनेभामा डब्लुएचओको विशेष बैठक बसेको हो ।

उक्त बैठकमा सहभागी विज्ञले महामारीको करिब एक वर्षसम्म पनि कोरोना नियन्त्रणका लागि कुनै उपलब्धि हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्