बैठकमै रोष्ट घेराउ गर्दै नाराबाजी
बुटवल, १९ असोज । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रदेश ५ को प्रदेशसभा बैठक मै नाराबाजी गरेका छन् ।
प्रदेश सरकारले दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रस्तावको विरोध गर्दै बैठक मै नाराबाजी गरेका हुन् ।
बैठकको सुरुमै संसदीय दलका नेता वीरेन्द्र कनौडियाले राजनीतिक सहमति गरेर प्रस्ताव ल्याउनुपर्ने बताए ।
बैठक सुरु लगतै सांसदहरुले रोष्टम घेराउ गरेका थिए । उनीहरुले संसदीय मर्यादा कायम राख्न, राजधानी विशेष समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेका पनि राखेका छन् ।
विरोधका वावजुत संसद बैठक २ बजेसम्मका लागि स्थगित भएको छ ।
मुख्यमन्त्री पोखरेलले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको वैशाखी टेकेर दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएको आरोप लगाएको छ ।
प्रदेशसभाको सोमबारको बैठक सुरु हुनासाथ समय लिएर बोलेका कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले राजधानीको विषय राजनीतिक सहमतिबाट टुंगो लगाउनुपर्ने बताए ।
बुटवल, दाङ वा कपिलवस्तु जहाँ राजधानी बनाए पनि औचित्य प्रमाणित गरेर प्रस्ताव ल्याउनुपर्ने बताए । तर मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री र अर्का अध्यक्षको बैशाखी टेकेर एकलौटी प्रस्ताव ल्याएको उनले बताए । कनौडियाले भने, ‘कसैको रहर पूरा गर्न र राजनीतिक स्वार्थ पूरा गर्न यो प्रस्ताव आएको छ । यसमा हाम्रो आपत्ति छ ।’
मुख्य मन्त्री पोखरेलले नेकपा कै १४ सांसदले फरक मत राखेपछि मुख्यमन्त्री पोरखेलले संसदीय दलको सोमबार बसेको बैठकमा भलुवाङलाई प्रशासनिक र बुटवललाई वित्तीय र पर्यटकीय राजधानीका रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
यस्तै सरकारले प्रदेशसभामा पेश गरेको प्रस्तावको पक्षमा मतदान गर्न समेत सांसदहरुलाई ह्पीप लगाई सकेका छन् ।




प्रतिक्रिया दिनुहोस्