कांग्रेस नेता खाँण भन्छन् – प्रदेश ५ को राजधानी बुटवल नै हुनुपर्छ

काठमाडौं, असोज १९। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य बालकृष्ण खाँणले प्रदेश ५ को राजधानी बुटवल नै कायम गर्न माग गरेका छन्।

सोमबार विज्ञप्ति जारी गर्दै नेता खाँणले प्रदेश सरकारले विज्ञको सल्लाह र सुझाव पन्छाएर षडयन्त्रपूर्वक राजधानी सार्न खोजेको आरोप पनि लगाएका छन्।

‘प्रदेश सरकारले विज्ञको सल्लाह र सुझावलाई पन्छाएर नयाँ ठाउँमा पड्यन्त्रपूर्वक राजधानी सार्ने प्रस्तावले यस क्षेत्रका जनता विरोध र प्रतिकारमा उत्रन पर्ने अवस्था सिर्जना हुनु दुस्खद पक्ष हो,’ विज्ञप्तिमा भनिएको छ।

यता प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश ५ सभा भवनमा धर्ना दिने भएको छ । प्रदेश संसदमा स्थायी राजधानीका लागि दाङको देउखुरी बनाउने गरि संसदमा प्रस्ताव पेश भएपछि कांग्रेस आन्दोलनमा उत्रिएको हा ।

रुपन्देही जिल्ला समितिले प्रस्ताव पेश भएसँगै चरणबद्ध आन्दोलन गर्दै आएको छ । कांग्रेसको संसद घेराउ आन्दोलनलाई अन्य संघसंस्थाले पनि साथ दिने रुपन्देहीका कांग्रेस जिल्ला सभापति रब्दुल रज्जाकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्