तातोपानी नाका आजदेखि सञ्चालनमा आयो , भित्रिए ११ कन्टेनर

काठमाडौं, असोज १९ । पहिरोका कारण तीन महिनादेखि बन्द भएको तातोपानी नाका आजदेखि सञ्चालनमा आएको छ ।असोज १३ गते नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका आजदेखि सुचारु गर्ने सहमति भएसँगै नाकाबाट आयात सुरू भएको छ ।

औपचारिक रूपमा नाका आजदेखि सञ्चालनमा आए पनि चीनबाट भने आइतबारदेखि नै आयात सुरू भएको छ ।आइतबार ११ कन्टेनर कपडा र कच्चा पदार्थहरु आएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए ।

कोरोना भाइरसको सङ्क्रमण नहोस् भन्ने उद्देश्यले तातोपानी भन्सार कार्यालयले २९ जनाको दुई टोलीलाई सामान लोडरअनलोड गर्ने टिम तयारी राखेको छ । उनीहरूको ५/५ दिनमा कोरोना परीक्षण गरिने व्यवस्था मिलाइएको छ ।

गत असार २५ गतेदेखि चीनसँग जोडिएको तातोपानी नाका बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस्