काठमाडौंमा उच्च संक्रमण , उपत्यकामा मात्रै १५९९ जनामा पुष्टि
काठमाडौं , असोज १८ । बितेको २४ घण्टामा काठमाडौं उपत्यकमा १५९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ गरी कुल १५९९ जनामा संक्तमण पुष्टि भएको बताए ।
जसअनुसार काठमाडौंमा ५०५ महिला र ८६८ पुरुष, ललितपुरमा ७९ महिला र १०८ पुरुष र भक्तपुरमा २० महिला र १९ पुरुष रहेका छन् ।
शनिबार काठमाडौंमा एक हजार १, ललितपुरमा १०९ र भक्तपुरमा ६७ गरी एक हजार १७७ कोरोना संक्रमित थपिएका थिए ।











प्रतिक्रिया दिनुहोस्