मकवानपुरको भीमफेदीमा जिप दुर्घटनाः २ जनाको मृत्यु, ६ घाइते
काठमाडौं, असोज १८ । मकवानपुरको भीमफेदीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थलमै मृत्यु भएका दुवै जना पुरुषको पहिचान हुन सकेको छैन ।घाइते ६ जनाको प्राथामिक स्वास्थ्य चौकी भीमफेदीमा उपचार भैरहेको छ ।
हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज ४१०६ नम्बरको जिप भीमफेदी गाउँपालिका–६ स्थित उकालोमा टर्निङ नपुगेर व्याक गर्ने क्रममा आइताबार सडकबाट करिब एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी इन्द्रकुमार रानाले बताए ।















प्रतिक्रिया दिनुहोस्