नेपालमै थुप्रै रोजगारीे सिर्जना हुन्छः मन्त्री भट्ट

काठमाडौं , असोज १८ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अब नेपालमै थुप्रै रोजगारीको सिर्जना हुने बताएका छन् ।

बैतडीको दोगडाकेदार गाउँपालिकामा शनिबार फस्फोराइड अन्वेषणात्मक ड्रिलिङ कार्यको उद्घाटन कार्यक्रममा मन्त्री भट्टले यस्तो बताएका हुन् । उनले नेपालमा रहेका थुप्रै खानी तथा खनिज पदार्थको उत्खनन गरी रोजगारीको सिर्जना गर्न सकिने बताए ।

अब हरेक क्षेत्रलाई रोजगारीसँग जोडेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्