ह्वात्तै बढ्यो संक्रमण: भेटघाट बन्द गरेर आइसोलेसनमा नेता ! राजनीतिक गतिविधि ठप्प

काठमाडौं, असोज १८ । केही दिनयता कोरोना संक्रमण ह्वात्तै बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका ३ सल्लाहकार र एक स्वकीय सचिवसहित ७६ जना सुरक्षाकर्मीलाई शनिवारै मात्रै कोरोना पुष्टि भएको छ ।प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार डा। राजन भट्टराई, मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल र स्वकीय सचिव इन्द्र भण्डारीसहित ठूलो संख्यामा सुरक्षाकर्मीहरू कोरोना संक्रमित भएका हुन् ।

प्रधानमन्त्री ओलीको स्वाब परीक्षण रिपोर्ट भने नेगेटिभ आएको बताइएको छ ।यसरी नेताहरुमा नै संक्रमण बढेपछि बालुवाटारमा राजनीतिक भेटघाट र गतिविधि ठप्प भएको छ ।बालुवाटारजस्तो धेरै सुरक्षा बन्दोबस्ती भएको ठाउँमा कोरोना संक्रमण देखिनु भनेको जोखिम अझै बढ्दैछ भन्ने हो ।यसैले कोरोना संक्रमणको जोखिमका कारण यतिबेला बालुवाटार क्वारेन्टीनमा रहेको छ ।

अब राजनीतिक भेटघाट र गतिविधि केही दिनलाई ठप्प हुनेछ । (नेकपा)को सचिवालय बैठक आइतवार अपराह्न ४ बजेलाई बोलाइएको थियो, तर संक्रमणको जोखिमका कारण बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।प्रधानमन्त्री कार्यालय बालुवाटारमा ठूलो संख्यामा कोरोना संक्रमण देखिएपछि राष्ट्रपति कार्यालयमा पनि हाइ एलर्टु जारी गरिएको छ ।

सम्भावित जोखिमलाई हेरेर अत्यावश्यकबाहेक अन्य गतिविधि बन्द गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले बताए ।अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि भेटघाट पातलो बनाउँदै लागिरहेका छन् ।

यता केही केन्द्रीय सदस्यसहित नेताका सहयोगीमा कोरोना संक्रमण देखिएपछि नेपाली कांग्रेसको पार्टी कार्यालय ५ दिनको लागि बन्द गरिएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतवार एक सूचना प्रकाशित गरी असोज २२ गतेसम्म पार्टी कार्यालय बन्द गरिएको जानकारी गराएका हुन् ।

१५ गते गरिएको पीसीआर परीक्षणमा गगन थापा, अर्जुन नरसिंह केसी लगायतका केन्द्रीय सदस्यलाई कारोना पुष्टि भएको थियो । यसैबीचकोरोना संक्रमणको जोखिमका कारण जनता समाजवादी पार्टीका राजनीतिक गतिविधिहरू पनि प्रभावित भएका छन् ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर ५ महिनाअघि एकीकृत भएको जसपाका साङ्गठानिक क्रियाकलापहरू कोरोनाका कारण हुन सकेका छैनन् ।यता सर्वोच्च अदालतले कोरोना भाइरस ९कोभिड–१९०का कारणले एकल इजलास मात्र सञ्चालन गरेको छ।

केही न्यायाधीशमा संक्रमण देखिएपछि सर्वोच्चले एकल इजलास मात्र सन्चालन गरेको अदालतका सह–प्रवक्ता देवेन्द्र दाहालले जानकारी दिए।उनका अनुसार सर्वोच्चमा सङ्क्रमणका कारणले केही न्यायाधीश अहिले होम आइसोसनमा छन्।सर्वोच्चमा एकल, संयुक्त र बृहत् इजलास सञ्चालन हुँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस्