नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित
काठमाडौं , असोज १८ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका चार सदस्य र ७६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित गरिएको हो ।
अर्को बैठकको मिति तोकिएको छैन । मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा छलफल गर्न आइतवार अपरान्हका लागि सचिवालय बैठक राखिएको थियो । शनिवार दिउँसोको लागि तय भएको बैठक आजको लागि सरेको थियो । तर आज पनि बैठक बस्न सकेन् ।
पछिल्लो समय सरकारले गरेको राजनीतिक नियुक्तबारे पार्टीमा प्रश्न उठेपछि बैठक बोलाइएको थियो ।प्रधानमन्त्री ओलीसँगको भेटमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजदूतहरुको नियुक्तिप्रति असहमति जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्