अपडेट-प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसहित चारजनामा कोरोना पुष्टि, ओलीको रिपोर्ट भने यस्तो छ
काठमाडौं, असोज १७ । प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जनालाई कोरोना भाइरस (कोभिड-१९_ को संक्रमण पुष्टि भएको छ ।राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई संक्रमण देखिएको छ ।
उनीहरुको शुक्रबार स्वाब गरिएको थियो ।शनीबार उनीहरुको रिपोट पोजिटिभ आएको हो । उनीहरूले आफूलाई संक्रमण पुष्टि भएको बारेमा सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
यसअघि प्रधानमन्त्रीको सचिवालयमा कार्यरत राजन काफ्ले र निजी चिकित्सक दीव्या सिंहलाई पनि कोरोना पुष्टि भएको थियो।
यता प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। शुक्रबार पीसीआर परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाबको नमुना संक्रलन गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्