प्रधानमन्त्रीका सल्लाहकारद्वय रिमाल र थापालाई कोरोना पुष्टि
काठमाडौं, असोज १७ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललाई कोरोना संक्रमण देखिएको छ । त्यस्तै प्रेस सल्लाहकार सूर्य थापालाई पनि कोरोना देखिएको छ । उनीहरुले सामाजिक सञ्जालमार्फत कोरोना पुष्टि भएको बताएका छन् ।
रिमालले ट्विटमा लेखेका छन्, ‘हिजोको पिसिआर परीक्षणबाट ममा पनि कोरोना पोजिटिभ देखियो। यसबीच मसँग सम्पर्कमा आउनु भएका सबै माहानुभवले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछु।’
यस्तौ थापाले पनि फेसबुकमा भनेका छन्–हिजोको पीसीआर परीक्षणबाट म मा पनि कोरोना पोजेटिभ देखियो । यसबीचमा मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन अनुरोध छ ।”











प्रतिक्रिया दिनुहोस्