काँग्रेसद्वारा भोलि रुपन्देही बन्द आह्वान, यता नेकपाका १४ सांसदले लेखे ‘नोट अफ डिसेन्ट’

काठमाडौं, असोज १७ । सरकारले प्रदेशसभामा स्थायी राजधानी दाडको देउखुरीमा नाउने प्रस्ताव लगेपछि त्यसको विरोधमा नेपाली काग्रेसले आन्दोनको घोषणा गरेको छ ।

आज बुटवलका नेपाली काग्रेस र बुटवलमा क्रियाशिल संघ संस्थाका प्रतिनिधीको भेलापछि आन्दोलनमा कार्यक्रम घोषणा गरिएको नेपाली काग्रेस क्षेत्र नम्बर २ रुपन्देहीका सभापति हरि लम्सालले बताए ।

उनका अनुसार आज साँझ बुटवलका १९ वटै वडामा बृहत राँके जुलुस निकालिने भएको छ भने भोलि असोज १८ गते रुपन्देही बन्दको बन्द गरिएको छ । यस्तै १९ गते प्रदेशसभा घेराउको कार्यक्रम राखिएको उनले बताए ।

प्रदेश ५ को स्थायी राजधानी दाङ राख्ने प्रस्तावसँगै नेपाली काँग्रेसले विरोध गरेका हो । नेपाली काग्रेसले पहिले सरकारले तोकिएको बुटवल नै उपयुक्त भएको भन्दै अहिले प्रदेश सरकारले कोरोना बेला यस्तो प्रस्ताब ल्याएर राजधानी दाङ लैजाने निर्णय गर्नु गलत भएको ठहर गरेको छ ।

यता आजै नेपाल कम्युनिस्ट पार्टी (नेकपा_प्रदेश ५ को संसदीय दलको बैठकले दाङकै पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । कांग्रेस रुपन्देहीको शनिवार बुटवलमा बसेको बैठकले विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै युवा, विद्यार्थी तथा उद्योगी व्यवसायीसँग छलफल अगाडि बढाएको छ ।

राजधानी सार्ने प्रस्तावविरुद्ध नेविसंघले शुक्रवार बुटवलमा सरकारी गाडी तोडफोड समेत गरेको थियो । राजधानी सार्ने निर्णयको बुटवलमा चौतर्फी विरोध भइरहेको छ ।स्थायी राजधानी दाङ राख्ने प्रस्तावसँगै रुपन्देहीमा कांग्रेसले शुक्रवारदेखि नै आन्दोलनमा उत्रिएको छ ।

यसैबीच प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने निर्णयसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रै विवाद भएको छ ।पार्टीका दुई अध्यक्षबीच सहमति भए लगतै प्रदेश सरकारले शुक्रबार प्रदेशसभामा प्रस्ताव लगेको थियो ।

त्यसबारे छलफल गर्न शनिबार बसेको नेकपा संसदीय दलको बैठकमा प्रदेशसभा सदस्यहरुले विरोध गरेका छन् । १४ जना सांसदले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

बिहान ८ बजेदेखि झण्डै ८ घण्टा चलेको वैठकमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, दधिराम न्यौपाने, कपिलवस्तुका विष्णु पन्थी, पाल्पाका युवराज खनाल लगायत १४ जनाले दाङ स्थायी राजधानी बनाउने सरकारको प्रस्ताव उपयुक्त नभएको भन्दै नोट अफ डिसेन्ट लेखेको सांसद डा।कृष्ण न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्