नेकपा सचिवालय बैठक फेरि स्थगित, कारण यस्तो छ

काठमाडौं, असोज १७ ।  सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबार बस्ने भएको छ।

आज (शनिबार) दिउँसो ४ बजेका लागि बोलाइएको बैठकबारे महासचिवले सचिवालय सदस्यहरूलाई खबर नै नगरेपछि बैठक रोकिएको एक सचिवालय सदस्यले जानकारी दिए।

उनका अनुसार बैठक आइतबार ४ बजे बस्ने छ।प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को सल्लाहमा बैठक स्थगित गरिएको हो ।सरकारले गरेको राजनीतिक नियुक्तका विषयमा पार्टीमा केही असन्तुष्टि देखा परेपछि सचिवालय वैठक बोलाइएको थियो ।

बैठकमा प्रधानमन्त्री समेत रहेका ओलीले एकलौटी रुपमा गरेको राजनीतिक नियुक्तिलगायत पार्टी एकताको बाकी काम सम्पन्न गर्ने विषयमा छलफल हुने उनले जानकारी दिए ।यता म
यस अगाडि असोज ४ गते बसेको सचिवालयको बैठकमा मन्त्रिपरिषद पुनर्गठनको सैद्धान्तिक विषयमा सहमति भएको थियो ।

त्यसैगरी नेकपामा सांगठनिक एकताको विषयमा पनि छलफल भइरहेको छ ।न्त्रिपरिषद विस्तारको सम्वन्धमा पनि दुई अध्यक्षबीच कुरा मिल्न सकेको छैन । केही दिनयता दुई अध्यक्षबीच निरन्तर छलफल भईरहेपनि सहमति भने जुट्न सकेको छ्रैन ।

प्रतिक्रिया दिनुहोस्