भारतमा कोरोना : संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख नजिक

काठमाडौं , असोज १७ । कोरोना संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या १ लाख नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म ९९ हजार ७७३ संक्रमितको ज्यान गइसकेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १ हजार ९५ कोरोना संक्रमितको मृत्यु भएको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा ८१ हजार ४८४ कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ६३ लाख ९४ हजार ६८ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्