ट्रम्प अस्पताल भर्ना ,प्रधानमन्त्री ओलीले गरे स्वास्थ्य लाभको कामना

काठमाडौँ, असोज १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

शुक्रबार कोरोना संक्रमण पुष्टि भएका ट्रम्पलाई २४ घण्टा नबित्दै अस्पताल भर्ना गरिएको छ ।

हाल वाल्टर रिड नेसनल मेडिकल सेन्टरमा उपचाररत ट्रम्पलाई आज बिहानबाट ज्वरो पनि आएको चिकित्सकहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्