द्वन्द्वरत पक्षलाई  वार्तामा आउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं , असोज १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वरत पक्षलाई वार्तामा आउन आग्रह गरेका छन् । उनले वार्तामार्फत समस्या समाधान गर्न सरकार तयार रहेको पनि बताए । विप्लव समुहको नाम नलिकनै प्रधानमन्त्री ओलीले सबै द्वन्द्वरत पक्षसँग सरकार वार्तामा बस्न तयार रहेको बताएका हुन् ।

शुक्रबार मानव अधिकार तथा सामाजिक अभियान नेपाल घोषणासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषयलाई लहडको विषय नबनाउन पनि आग्रह गरे ।

उनले आवश्यक्ता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने भन्दै केही समयअघिमात्रै संविधानको दोस्रो संशोधन गरेको स्मरण गराए । परेका बेला राष्ट्र एकजुट हुनसक्ने भन्दै उनले संविधान संशोधनलाई लहडको विषय बनाउन नहुने बताए । प्रधानमन्त्री ओलीले कतिपयले यो प्रणाली काम लाग्दैन खेलवाडपूर्ण ढंगले अभिव्यक्ति नदिन पनि आग्रह गरे ।

‘ प्रधानमन्त्री ओलीले पार्टीका नीति अनुसार सरकारका नीति हुने भन्दै नेकपाको नीति नै सरकरको नीति भएको पनि बताए । उनले मानवअधिकारको रक्षा गर्ने पहिलो दायित्व राज्यको भएको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्