कोरोनालाई परास्त गर्न राष्ट्रिय एकता आवश्यक छः प्रचण्ड

काठमाडौं , असोज १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डले कोरोना भाइरसलाई परास्त गर्न सबैको सहयोगको खाँचो रहेको बताएका छन् ।कोरोनाका कारण मुलुकमा बेरोजगारीको समस्या बढ्ने खतरा रहेको भन्दै यसलाई परास्त गर्न सबैको सहयोगको खाँचो रहेको उनले औंल्याए ।

शुक्रबार पार्टी निकट मानव अधिकार तथा सामाजिक अभियान नेपाल घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । कोभिडका कारण उत्पन्न असहज परिस्थितिबाट मुलुकलाई मुक्त गर्न र प्रभावितहरुलाई रोजगारी सिर्जना गर्ने चुनौति र अवसर दुवै सिर्जना भएको भन्दै उनले सामूहिक प्रयत्नमार्फत अघि बढ्न आवश्यक रहेको बताए ।

त्यसका लागि उनले सबैै राजनीतिक दल, सामाजिक संघ–संस्था, सरकार र नागरिहरुबीच राष्ट्रिय एकता हुन आवश्यक रहेकोमा जोड दिए ।उनले कोरोनाका कारण नेपालमा महिलामाथि विभिन्न किसिमका विभेदका घट्नाहरु बढेका खबरप्रति आफुलाई चिन्ता लागेको र सरकारलाई यससँग सम्बन्धि कानुनहरु बनाएर अझ कठोर भएर नियन्त्रणतर्फ लाग्न सुझाव समेत दिए ।

प्रचण्डले दण्डहिनताको अन्त्य गरेपछि मात्रै मानवअधिकारको प्रत्याभूत हुने भएकाले आफ्नो पार्टी र सरकार त्यसतर्फ सजग रहेको धराणा राखे । उनले पार्टी पार्टी एकता तीव्र ढंगले अघि नबढेपनि क्रमश पूर्णता दिने प्रकृयामा गइरहेको बताए ।

प्रचण्डले विगतमा मानवअधिकारको इस्यु गैरकम्युनिस्टको मात्रै भनेर प्रचार गरिएपनि यर्थाथतामा कम्युनिस्टहरु नै मानवअधिकारप्रति प्रतिबद्ध हुन्छन् भन्ने कुरा अन्तर्राष्ट्यि र राष्टिय घटनाक्रमहरुले पुष्टि हुँदै गएको बताए ।

प्रतिक्रिया दिनुहोस्