बागलुङका बाढी पहिरो पीडितलाई प्रभु बैंकले गर्यो ५ लाख सहयोग

काठमाडौँ, असोज १६ । बागलुङका बाढी पहिरो पीडितलाई प्रभु बैंकलेो ५ लाख सहयोग गरेको छ । बागलुङ जिल्लाको बाढी पहिरोले क्षतिग्रस्त ढोरपाटन नगरपालिकालाई प्रभु बैंकले पाँच लाख सहयोग प्रदान गरेको हो ।

बाढी पहिरोले क्षतिग्रस्त क्षेत्र वडा नं। ७, ८ र ९ को निरिक्षणपछि प्रभु बैंकका सिइओ अशोक शेरचनले नगरपालिकालाई बाढी पीडित उद्वार कोषमा रहनेगरि पाँच लाख सहयोग प्रदान गरेका हुन् ।

बाढी पहिरोले क्षतिग्रस्त क्षेत्र वडा नं। ७, ८ र ९ को गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री किरण गुरुङ र भौतिक योजनामन्त्री रामशरण बस्नेतबाट पनि बिशेष निरीक्षण भएको छ ।

सो अवसरमा मन्त्री द्वयले बाढी प्रभावित स्थानियहरुको समस्या बुझी उक्त ठाउँहरुमा केन्द्रीय विद्युत प्रसारण लाइनको सेवा पुर्‍याउने क्षतविक्षत भएका संरचनाहरुको निर्माणका लागि प्रदेशकातर्फबाट बिशेष प्रकारको सुविधा सम्पन्न सेवा प्रवाहिका लागि कार्यालय स्थापना गर्ने जानकारी पनि दिएका छन् ।

करिब ३७ जनाले ज्यान गुमाएको, विद्यालय, स्वास्थ्य चौकी, लघु जलविद्युत, पुल र १०० वटा जति घर उक्त घटनाको कारण ध्वस्त भएका छन ।

प्रतिक्रिया दिनुहोस्