एनआईसी एशिया बैंकमा अनलाइनमार्फत कर्जाको आवेदन दिन सकिने
काठमाडौं , असोज १६ । एनआईसी एशिया बैंकले अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने ‘अनलाइन कर्जा आवेदन प्रणाली’ को व्यवस्था गरेको छ । कोभिड १९ को महामारीकाबीच सामाजिक दूरी कायम राख्नुपर्ने आजको आवश्यकतालाई महसुस गर्दै अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने व्यवस्थ मिलाएको बैंकले जनाएको छ ।
‘डिजिटल फर्स्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरुप आफ्नो सम्पूर्ण व्यावसायिक प्रक्रिया तथा क्रियाकलापहरूलाई डिजिटलतर्फ परिमार्जन गर्न लागि परेको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्