ओली–प्रचण्ड भेटवार्ता : शनिबार सचिवालय बैठक बोलाउने निर्णय

काठमाडौं , असोज १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । दुई नेताबीच झण्डै पौने घण्टामात्र भएको भेटवार्तामा वार्तामा शनिबार सचिवालय बैठक बोलाउने निर्णय भएको छ ।

भेटवार्तामा दुई अध्यक्षबीच शनिबार चार बजे बस्ने गरी सचिवालय बैठक बोलाउने सहमति भएको हो । साथै पौने घण्टा भएको वार्तामा मन्त्रिमण्डल पुनर्गठन र राजदूत नियुक्तिबारे कुराकानी भएको थियो ।

आजको भेटमा अध्यक्ष प्रचण्डले पार्टीमा छलफल नै नगरी राजदूत नियुक्ति गर्न सिफरिस गरेपछि पार्टीमा असन्तुष्टि बढ्न पुगेको भन्दै ओलीको ध्यानाकर्षण गराएका थिए । जवाफमा ओलीले लामो समय राजदूत पद खाली राख्दा राम्रो सन्देश नजाने भएकाले सिफारिस गर्नुपरेको जवाफ दिएका थिए ।

अध्यक्ष प्रचण्डले पार्टीमा छलफल नै नगरी राजदूत नियुक्ति गर्न सिफरिस गरेपछि पार्टीमा असन्तुष्टि बढ्न पुगेको भन्दै ओलीको ध्यानाकर्षण गराएका थिए ।पार्टीभित्र अनसन्तुष्टि बढेपछि शनिबारलाई सचिवालय बैठक बोलाउने र समग्र विषयमा सोही बैठकमा छलफल गर्ने अध्यक्षद्वयबीच समझदारी भएको छ ।

मन्त्रिपरिषद पुनर्गठनमा कुरा मिल्न नसकिरहेका बेला बिहीबार सरकारले पार्टीसँग छलफल र परामर्श नै नगरी तीन देशका राजदुत नियुक्तिका लागि सिफरिस र मुख्यसचिव नियुक्त गरेपछि नेताहरुमा फेरि खटपट सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्