जम्मु–कस्मिरको सिमानामा पाकिस्तानी सेनाको आक्रमण, ३ भारतीय सेनाको मृत्यु
काठमाडौं, असोज १५ । जम्मु–कस्मिरको सिमानामा पाकिस्तानी सेनाले आक्रमण गरेको छ । जम्मु–कस्मिरको सिमानामा पाकिस्तानको तर्फबाट भएको बेग्ला–बेग्लै कारवाहीमा ३ भारतीय सेनाको मृत्यु भएको छ।
पाकिस्तानको तर्फबाट भएको अन्धाधुन्ध गोलाबारीमा तीन सेनाको मृत्यु हुनाका साथै अन्य पाँच घाइते भएको एनडीटीभीले जनाएको छ।
यता सीमामा भएको आक्रमणपछि भारतीय सेनाले पनि गतिलो जवाफ दिएको भारतीय पक्षको भनाइ छ। गएको पाँच दिनयता पाकिस्तानी सेनाले भारतका स–सना गाउँ लक्षित आक्रमण गरेको बताइएको छ।















प्रतिक्रिया दिनुहोस्