घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, असोज १५ । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । बुधबार सुनको मूल्य तोलामा ९४ हजार ७ सयमा कारोबार भएको आज तोलामा २ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ११७५ रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्