एकैदिन काठमाडौं उपत्यकामा थपिए ९०२ कोरोना संक्रमित

काठमाडौं , असोज १४। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९०२ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६९७ , भक्तपुरमा ९३ र ललितपुरमा ११२ कोरोना संक्रमित थपिएका छन् ।

जसअनुसार काठमाडौंमा २७४ महिला र ४२३ पुरुष, भक्तपुरमा ५३ महिला र ४० पुरुष, ललितपुरमा ४६ महिला र ६६ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

मंगलबार काठमाडौंमा ७४७ , भक्तपुरमा ७३ र ललितपुरमा ११४ गरी ९३४ कोरोना संक्रमित थपिएका थिए ।

प्रतिक्रिया दिनुहोस्