दे‍शभर थप १ हजार ५५९ जनामा कोरोना पुष्टि , ७ जना संक्रमितको मृत्यु

काठमाडौं , असोज १४ । पछिल्लो २४ घण्टामा देशभर १५५९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकामा मात्रै ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

उनका अनुसार आज देशभर सक्रिय संक्रमित १० हजार ८९१ जना रहेका छन् । जसमा संस्थागत आइसोलेशनमा १० हजार ८७ र होम आइसोलेशनमा १० हजार ८०४ रहेको छ । यस्तै आज १२ हजार २०५ जनाको पीसीआर परीक्षण भएको छ ।

यसैबीच देशभर पछिल्लो २४ घण्टामा १ हजार ५७ संक्रमित कोरोना जितेर घर फर्किएका छन् भने निको हुनेको कुल संख्या ५६ हजार ४२८ पुगेको छ। यसैबीच पालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै थप ७ जना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४९८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्