काठमाडौं उपत्यकामा थपिए ९३४ संक्रमित
काठमाडौं, असोज १३ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९३४ कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ७४७ , भक्तपुरमा ७३ र ललितपुरमा ११४ कोरोना संक्रमित थपिएका छन् ।
जसअनुसार काठमाडौंमा ३०७ महिला र ४४० पुरुष, भक्तपुरमा २८ महिला र ४५ पुरुष, ललितपुरमा ४७ महिला र ६७ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
सोमबार काठमाडौंमा ६४९, भक्तपुरमा ३६ र ललितपुरमा १३२ गरी ८१७ कोरोना संक्रमित थपिएका थिए ।देशभर आज १५ सय १३ जना नयाँ कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । यो अवधिमा सात सय ३१ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।















प्रतिक्रिया दिनुहोस्