ग्लोबल आइएमई बैंकले हस्तान्तरण गर्यो ‘ट्राफिक पोल’
काठमाडौं , असोज १३ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको ट्राफिक प्रहरीलाई काठमाडौँ उपत्यका भित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरु हस्तान्तरण गरेको छ ।
बैंकले प्रदान गरेको ट्राफिक पोलहरुले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पु¥याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने भन्दै महानगरीय ट्राफिक महाशाखाले बैंकलाई धन्यवाद दिएको छ ।
यसअघि पनिबैशाख ३१ मा ग्लोबल आइएमई बैंकले ट्राफिक जनचेतनाकम निम्ति ट्राफिक पोलहरु हस्तान्तरण गरेको थियो ।बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्