कलंकीमा ब्रोइलरका चल्लालाई रङ्ग लगाएर ‘लोकल’ भन्दै बिक्री, चार जना पक्राउ
काठमाडौं, असोज १३ । काठमाडौंको कलंकीमा ब्रोइलर कुखुराका चल्लालाई मेहेन्दी र रङ्ग लगाएर लोकल भन्दै बिक्री गर्ने गरेको पाइएको छ। ब्रोइलर चल्लालाई कालो, रातो लोकल भन्दै कलंकी र काठ क्षेत्रमा महँगोमा विक्री गर्ने समूह सक्रिय देखिएको छ।
यसरी कृत्रिम रङ्ग लगाउँदै अवैध रुपमा रङ परिवर्तन गरेर बेच्न खोज्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।साथै प्रहरीले २८ हजार ६ सय वटा लेयर्स कुखुराको चल्ला पनि बरामद गरेको छ ।
पक्राउ पर्नेमा ४५ बर्षीया चन्दा शाह, ४२ बर्षीया प्रेम शिला देवी जैसवाल, वकिल खाँन र सुनिता जैसवाल छन् । यसरी कृत्रिम रङ्ग लगाउँदै ब्रोइलर कुखुरालाई लोकल भनेर बिक्री गर्ने भारतीय नागरिकलाई महानगरीय प्रहरी बृत्त कालीमाटीले पक्राउ गरेको हो ।















प्रतिक्रिया दिनुहोस्