राष्ट्रपति भण्डारीद्वारा तीन वटा अध्यादेश जारी

काठमाडौं, १२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा अध्यादेश जारी गर्नु भएको छ ।

सोमबार राष्«पति भण्डारीले संसद र मन्त्रीपरिषद्बाट अनुमोदित तीन वटा अध्यादेश जारी गर्नु भएको हो ।
राष्ट्रपति भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ती अध्यादेश राष्ट्रपतिले जारी गरेको राष्ट्रपति कार्यालयका सचिव हरिप्रसाद दहालले जानकारी दिए । जारी अध्यादेश प्रमाणीकरणपछि ऐन बन्ने छ ।

प्रतिक्रिया दिनुहोस्