सरकारको निर्देशन पाखा लगाउँदै निजी ल्यावले पीसीआर टेष्ट शुल्क रु. ३८९९ रुपैयाँ लिने ठोकुवा

काठमाडौं, १२ असोज । सरकारको निर्णय तथा निर्देशन निजि अस्पताललले नमान्ने भएको छ । कोरोना परीक्षणमा आफुखुशी शूल्क असुल्दै आएका निजी अस्पतालका प्रयोगशालाहरुले सरकारकोे निर्देशन नमान्ने घोषणा गरेको छ । ८ वटा अस्पतालका ल्याबले संयुक्त वक्तव्य नै जारी गर्दै आरटी–पीसीआर टेष्टको शूल्क ३८९९ रुपैयाँ लिने ठोकुवा गरेको छ । ।
केहि समय अघि सरकारले पीसीआर टेष्टको शूल्क २ हजार तोकेको छ । तर निजी प्रयोगशलाहरुले आफुखुशी शूल्क लिइरहेको पाएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको शूल्क मात्र लिन निर्देशन दिएको थियो ।
सरकारको दिर्नेशनलालाई अटर गर्दै स्टार, ह्याम्स, बीएण्डबी, मेडिसिटी, डिकोड, सौर्य, सेन्ट्रल डायगनोस्टिक र इन्ट्राप्रिड प्रयोगशालाले संयुक्त वव्यक्त जारी गर्दै ३८९९ रुपैयाँ शूल्क लिने ठोकुवा सहित विज्ञप्ति जारी गरेको छ । विश्व श्वास्थ्य संगठनको मापदण्ड बमोजिम यो शूल्क यथार्थपरक रहेको समेत उनीहरुले दाबी छ ।

स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षण शूल्क निर्धारण गर्दा न्यायोचित दररेटमा गर्नुपर्ने निजी ल्याबहरुको माग समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्