विश्व पर्यटन दिवस हर्ष न विस्मत, मजदुरहरुले मागे पर्यटन मन्त्रीको राजीनामा

काठमाडौं, ११ असोज । आज विश्व पर्यटन दिवस । पर्यटन मजदुरलाई यस वर्षको विश्व पर्यटक दिवस हर्ष न विस्मत भएको छ । मजदुरहरु हात मुख टार्न समस्या भएको छ । विगतको वर्षहरुमा खुशियाली रुपमा मनाउँदै आएको विश्व पर्यटन यसपटक भने व्यवसायीक हकहितको लागि सडक संघषमा छन् ।

पर्यटन मजदूरहरुले आज नेपाल पर्यटन बोर्ड (एनटिबी) घेराउ गरेका छन् । कोरोना महामारीलाई मध्येनजर गरेर सरकारले लामो समय लकडाउन लगाउँदा पर्यटन मजदुरहरु बेरोजगार भएका छन् । पर्यटन मजदुर संघर्ष समिति, काठमाडौंको अगुवाईमा आज प्रदर्शन गरिएको हो । प्रदर्शनमा उत्रिएकाहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराई र पर्यटन बोर्डका सिईओ डा. धनञ्जय रेग्मीको राजीनामा मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्