सकियो आकस्मिक मन्त्रिपरिषद् बैठक , के – के भए निर्णय ?

काठमाडौं , असोज ११ । बालुवाटारमा आकस्मिक बसिएको मन्त्रिपरिषदको बैठक सकिएको छ  । मध्यान्ह प्रधानमन्त्री केपी शर्माओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा।दीपक भण्डारीलाई नियुक्त गरेको छ ।

यसैगरी, नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता हुने भएको छ।आइतबार बसेको मन्त्रिपरिषदको बैठकले इजरायलयका लागि नेपाली राजदूत डा। अञ्जान शाक्यलाई सम्झौता गर्ने अख्तियार प्रदान गरेको हो।अघिल्लो मन्त्रिपरिषद् बैठकले श्रम सम्बम्धी सम्झौता गर्न राजदूत शाक्यलाई अख्तियारी प्रदान गरेको थियो।

नेकपाका दुई अध्यक्षबीच आज बिहान भएको छलफलमा मन्त्रीमण्डल हेरफेर गर्नेबारे छलफल भएपनि त्यसबारे मन्त्रिपरिषदमा कुनै प्रसंग नआएको उनको भनाइ छ । मन्त्रीमण्डल हेरफेर तथा थप गर्नेबारे पछिल्लो समय नेकपा दुई अध्यक्षबीच छलफल चलिरहेको छ ।

उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्र्याउनेबारे पनि चर्चा चलेको छ ।नेकपा दुई अध्यक्षबीच मन्त्रीमण्डल हेरफेर तथा थप गर्नेबारे पछिल्लो समय छलफल भईरहेको छ ।

बालुवाटार स्रोतका अनुसार नेकपाका दुई अध्यक्षबीच आज बिहान भएको छलफलमा मन्त्रीमण्डल हेरफेर गर्नेबारे छलफल भएपनि त्यसबारे मन्त्रिपरिषदमा कुनै प्रसंग भएन ।

प्रतिक्रिया दिनुहोस्