पाल्पा पहिरो : बेपत्ता एकै परिवारका पाँच जनाको शव फेला

काठमाडौं, असोज १० । पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर २ फोक्सिङकोटमा पहिरोमा परेर बेपत्ता भएका पाँच जनाको शव फेला परेको छ । बिहीबार बिहान ४ बजे पहिरोमा परि बेपत्ता भएका एकै परिवारका पाँच जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख एसपी सन्तोषकुमार भट्टराईले जानकारी दिए ।

पहिरोमा परि ६० वर्षीय हुम बहादुर गाहा, उनकी श्रीमती ५० वर्षीया धनीसरा गाहा, छोरी १७ वर्षीया कृष्णमाया गाहा, नातिनीहरु १४ वर्षीय खुमिसरा आले र ८ वर्षीया लक्ष्मी गाहाको मृत्यु भएको हो ।

बेलौजाको तल्लोे डाँडो नै खसेको र थप पहिरो जाने सम्भावना भएकाले १७ घर परिवारलाइ माथिल्लो टोलमा सामान सहित सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्