यो वर्ष दसैंको टिकट बुकिङ कात्तिक लागेपछि मात्र सुरु हुने

काठमाडौं , असोज १० । यो वर्ष कात्तिक लागेपछि मात्र दसैंको टिकट बुकिङ सुरु हुने हुने छ । यातायात व्यवसायीले कात्तिक लागेपछि मात्र लामो तथा मध्यम दूरीका लागि दसैंको टिकट बुकिङ सुरु गर्ने भएका छन् ।

कोरोनाका कारण लामो समय बन्द रहेका कारण अधिकांश मानिसले काठमाडौं छोडिसकेकाले अहिले नै हतार गर्नु नपर्ने व्यवसायीहरुले जनाएका छन् ।शिक्षण संस्थाहरु समेत बन्द रहेको अवस्थामा विद्यार्थी तथा यात्रुको चाप अघिल्ला वर्षहरुमा जस्तो नहुने भन्दै ढिलोगरी टिकट बुकिङ खुलाएपनि सम्भव हुने नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ ।

यता दसैंका लागि भने पूर्ण सिट क्षमतामा बस संचालन गर्न पाउनुपर्ने व्यवसायीहरुको माग छ ।आधा क्षमतामा मात्र सवारीसाधन सञ्चालन गर्दा यात्रुको चाप बढ्ने भन्दै महासंघले पूर्ण सिट क्षमतामै बस सञ्चालन गर्न पाउनुपर्ने बताउँदै आएको छ ।

यसैबीच चाडपर्वमा सार्वजनिक यातायात सञ्चालनका लागि यातायात व्यवस्था विभागले भोलीका लागि बैठक बोलाएको छ ।अग्रिम टिकट बुकिङ, कोरोना महामारीबाट सुरक्षित हुन अपनाइने मापदण्डलगायतका बारेमा छलफल गर्ने विभागले जनाएको छ । यता पहिलाको जसरी अहिलेको वर्षमा ढुक्कसँगै यात्रा गर्ने माहोल छैन । यो माहोल सब कोरोनाले बन्द गरेको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम अहिले पनि कायमै छ ।

नेपालमा मनाइने विभिन्न चाडपर्वहरू मध्ये दशैं सबै भन्दा ठुलो पर्व हो । कर्मचारी विद्यार्थी र रोजगारीको शिलशिलामा आएका लगायत धेरै व्यक्तिहरू वर्षभरिमा घर जाने साइत त्यही दसैँमा पारेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्