काठमाडौंमा उपत्यकामा थपिए ६४५ संक्रमित

काठमाडौं , असोज ९ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५०३ , भक्तपुरमा ५१ र ललितपुरमा ९१ कोरोना संक्रमित थपिएका छन् ।

जसअनुसार काठमाडौंमा १८९ महिला र ३१४ पुरुष, भक्तपुरमा २० महिला र ३१ पुरुष, ललितपुरमा ४५ महिला र ४६ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

बिहीबार काठमाडौंमा ६०९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ गरी ७५५ कोरोना संक्रमित थपिएका थिए ।

प्रतिक्रिया दिनुहोस्