आज थपिए १४ सय ९७ जना कोरोना संक्रमित, १७ जनाको मृत्यु

काठमाडौं , असोज ८ । बितेको २४ घण्टामा देशभर यस्तै १४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ६१४ जना रहेका छन् भने होम आइसोलेशनमा ९ हजार ८२३ जना रहेका छन् । यसैबीच नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

बुधबार कोरोना संक्रमणबाट ७, मंगलबार दुई र सोमबार १६ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्