स्याङ्जा पहिरोः एकै परिवारका ८ जनासहित ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ ।स्याङ्जाको वालिङ र कालिगण्डकीमा पहिरोमा परी १० जनाको ज्यान गएको छ। एक जना गम्भीर घाइते भएकी छन्।

बिहीबार बिहान वालिङ नगरपालिका १४ मा गएको पहिरोमा परी २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपालीको मृत्यु भएको हो।

सोही घरका १४ वर्षीय विक्रम नेपाली, १९ वर्षीया विनिता नेपाली, २१ वर्षीय कुलदिप नेपाली र ७ महिनाको बच्चाको पनि ज्यान गएको छ।

पहिरोमा पुरिएका सबैको शव निकालिएको जिल्ला प्रहरी कार्यायल स्याङ्जाका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए।

पहिरोमा परी घाइते भएकी १५ वर्षीया मनिषा नेपालीलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ।

यस्तै कालिगण्डकी गाउँपालिका ४ गौतमडाँडामा गएको पहिरोमा परी १६ वर्षीय विष्णु दमाईको ज्यान गएको छ। त्यहाँ बाबुराम दमाई र जगत बहादुर दमाईको घर पुरिएका छन्

प्रतिक्रिया दिनुहोस्