कोरोना संक्रमित: २२० जनाको आईसीयू र ४३ को भेन्टिलेटरमा उपचार हुँदै
काठमाडौं, असोज ७ । देशभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दर बढ्दै गएको छ। निषेधाज्ञाको अन्त्य भएसँगै संक्रमणदर बढ्दै गएको छ। संक्रमण बढ्दै गएपछि मन्त्रालयले २५ हजार बढी सक्रिय संक्रमित भएमा लकडाउनको लागि सिफारिस गर्ने निर्णय भएको प्रवक्ता गौतमले जानकारी दिए।
पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसैबीच देशभर २२० जनाको विभिन्न अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । जसमध्ये प्रदेश १ मा १४ जना, प्रदेश २ मा १८ जना, बागमती प्रदेशमा १२८ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा ४१ जना र कर्णाली प्रदेशमा १३ जना छन् ।
त्यस्तै ४३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । जसमध्ये प्रदेश १ मा ३, बागमती प्रदेशमा ३७ र प्रदेश ५ मा ३ जना छन् । आजसम्म ७ हजारु १०४ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्