२५ हजार सक्रिय संक्रमित पुगे फेरि लकडाउन हुन सक्ने

काठमाडौं, असोज ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ ।देशभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दर बढ्दै गएको छ। यसलाई मध्यनजर गर्दै इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) ले २५ हजारमाथि संक्रिय संक्रमित भएमा लकडाउनका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

२५ हजार बढी संक्रमित भए देशमा अहिले रहेको अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने देखिएकोले फेरी लकडाउन गर्न सिफारिस गरिएको मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले २५ हजारमाथि संक्रिय संक्रमित हुँदा स्वास्थ्य सम्बन्धी निकायले व्यवस्थापन गर्न कठिन हुने भन्दै यस्तो निर्णय भएको जानकारी दिए।

सँगै संक्रमण दर बढ्दै गएकाले स्वास्थ्य मापदण्ड पालना नभएका विभिन्न क्षेत्र अझै एक महिनासम्म बन्द गर्ने निर्णय गरेको छ।चैत ११ गतेदेखि कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउन साउन १ गतेसम्म भएको थियो। त्यसपछि जोरबिजोर प्रणालीमा केही खुकुलो बनाएपछि संक्रमण तिब्र बढेको भन्दै एक महिनासम्म निषेधाज्ञा गरिएको थियो।

निषेधाज्ञाप्रति आक्रोश बढ्दै गएपछि सरकारले जनजीवनलाई सहज बनाउने भन्दै अहिले अधिकांश क्षेत्र खुला गरेको छ। निषेधाज्ञाको अन्त्य भएसँगै संक्रमणदर बढ्दै गएको छ। संक्रमण बढ्दै गएपछि मन्त्रालयले २५ हजार बढी सक्रिय संक्रमित भएमा लकडाउनको लागि सिफारिस गर्ने निर्णय भएको प्रवक्ता गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्