कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, काठमाडौंमा उपत्यकामा थपिए ६३७ संक्रमित

काठमाडौं , असोज ७ । नेपालमा आज कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर सात जना कोरोना संक्रमितको मृत्यु भएको हो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ ।

यसअघि मंगलबार दुई जनाको र सोमबार १६ जनाको मृत्यु भएको थियो ।

यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३७ कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४९२ , भक्तपुरमा ९५ र ललितपुरमा ५० कोरोना संक्रमित थपिएका छन् ।

जसअनुसार काठमाडौंमा १६८ महिला र ३२४ पुरुष, भक्तपुरमा ४७ महिला र ४८ पुरुष, ललितपुरमा २६ महिला र २४ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

मंगलबार काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ गरी ६४७ कोरोना संक्रमित थपिएका थिए ।

प्रतिक्रिया दिनुहोस्