आजदेखि लामो दूरीमा साझा यातायातका बस चल्दै , यस्तो छ रूट

काठमाण्डौ , असोज ७ ।कोरोना भाइरसको महामारीले अवरूद्ध भएको साझा यातायातका बस आजदेखि लामो दूरीमा पनि चल्ने भएका छन् ।

लामो दूरीको सेवा आज साँझदेखि फेरि सुरु हुने साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए ।

सरकारले तोकेको भाडादर र स्वास्थ्य मापदण्ड पालना गर्दै बेलुकी ७ बजे नयाँ बसपार्कबाट र साढे ७ बजे कलंकीबाट लामो दूरीको बस गुड्न सुरू गर्ने पाण्डेले बताए ।

यस्तो छ रूट

तत्काललाई काठमाण्डौ(पोखरा(कुस्मा(बाग्लुङ र बुटवल-भैरहवा-सुनौली रुटमा साझाका गाडी चल्नेछन् ।

ती गन्तव्यका लागि साझाको कार्यालय हरिहरभवन, नयाँ बसपार्क वा ई-सेवाबाट टिकट काट्न सक्ने व्यवस्था रहेको साझा यातायातले जनाएको छ ।

यात्रुले अनिवार्य मास्क लगाउनु पर्ने र भौतिक दूरी कायम गर्नु पर्ने व्यवस्था गरिएको छ । असोज १ देखि लामो दूरीको सार्वजनिक गाडी सञ्चालन भएसँगै साझाले पनि सेवा सुरू गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्