कोरोना प्रभावित युवालाई प्रभु बैंकले ५ प्रतिशत ब्याजदरमा कर्जा दिने
काठमाडौं, असोज ६। प्रभु बैंकले कोरोना प्रभावित युवालाई ५ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ । बैंकले कोरोना प्रभावित र समस्यामा परेका साना उद्यमी तथा व्यवसायी स्वरोजगार उद्यमी शिक्षित बेरोजगार युवा विदेशबाट फर्केका वेरोजगार युवा परम्परागत पेशा र व्यवसायमा संलग्न उद्यमीरुलाई ५ प्रतिशतमै कर्जा दिने भएको हो । योसँगै बैंकले मंगलबारदेखि ुसहयात्रा समृद्धिकोु नामक कर्जा योजनाको आरम्भ गरेको छ।
नेपाल राष्ट्र बैंकको सहुलियतपुर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धि एकिकृत कार्यविधी २०७५ अन्तर्गत रहेर यो योजना ल्याइएको बैंकले जनाएको छ। कोभिड १९ कारण दैनिक जीवन सञ्चालन गर्न नै समस्यामा परेका युवालाई राहात दिने उद्देश्यले यो योजना ल्याइएको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए।
बैंकले आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा यो कर्जा प्रदान गरिनेछ। विद्यमान आर्थिक कठिनाइ व्यवस्थापन गर्न र यस माहामारीमा उनीहरुको पेश उद्यम र व्यवसायहरुलाई पुन सुचारु गर्न सहयोग पुर्याउने लक्ष्यका साथ यो योजना ल्याइएको बैंकले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्