ट्रेड युनियनको निर्वाचन रोक्ने सरकारको निर्णय, किन रोकियो ?

काठमाडौं, असोज ६ । असोज २४ गतेका लागि तय भएको निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन नहुने भएको छ । मन्त्रिपरिषद् बैठकले निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको चुनाव रोक्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले असोज २४ गतेका लागि तय भएको निर्वाचन रोक्ने निर्णय गरेको कानूनमन्त्री डा। शिवमाया तुम्बाहाम्फेले बताइन् ।

सो युनियनले असोज २४ गते चुनाव गर्नुपर्ने प्रावधान रहेकोमा सरकारले हाललाई युनियनको निर्वाचनका सबै प्रक्रिया स्थगित गर्दै बैसाखसम्मका लागि कार्यकाल थप गरेको छ ।

यस्तै सरकारले इजरायलसँग केयर गिभरको रुपमा त्यहाँ काम गर्न जाने कामदारसम्बन्धी सम्झौता गर्न अख्तियारी दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्