ताइवान एशोसिएशनद्वारा सिन्धुपाल्चोकका बाढीपीडितलाई राहत वितरण

काठमाडौं । नेपाल ताइवान एशोसिएशनले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई खाद्य सामाग्री सहयोग वितरण गरेकोछ ।

एशोसिएशनले गत आइतबार (आसोज ४) गते काठमाडौं महानगरपालिकाका उप मेयर हरिप्रभा खड्गीको प्रमुख आतिथ्यतामा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालीका वार्ड नं. ७ का बढीपहिरो पीडित २८ घरपरिवारलाई दुइ बोरा चामलसहित दाल, नुन, चाउचाउलगायत करीब एक लाख ७५ हजार रुपैया बराबरको राहत सामाग्री वितरण गरिएको हो ।

नेपाल ताइवान एशोसिएशनका अध्यक्ष राजु गुरुङ, उपाध्यक्ष राजन श्रेष्ठ, राम पाण्डेले बाढीपीडितहरुको पीडामा केहि मलम लगाउने उदेश्यले राहत सामाग्री संकलन गरि हस्तान्तरण गरिएको एशोसिसनका नेपाल तर्फ संयोजन कर्ता सुबोध प्रधानले जारकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका उप–मयेर खड्गीले बाढीपीडितलाई राहत वितरण गरेकोमा एशोसिएशनलाई धन्यवाद व्यक्त गर्दै यस्ता राहत सामाग्री वितरणले बाडीपीडितहरुलाई तत्कालको लागि दैनिक जीवन बचाउन सहज हुने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा एशोसिएशनका अध्यक्ष राजु गुरुङ, केदार मान सिंहले खाद्य सामाग्री वितरणबाट पीडितलाई केहि राहतको महसुस हुने भएकाले सहयोगी मनहरुलाई यस्ता कार्यक्रममा निरन्तरता दिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्