नेपाल प्रहरीका ४ सय ८८ इन्सपेक्टरको सरुवा (नामावलीसहित)

काठमाडौं, असोज ६ । प्रहरी प्रधान कार्यालयले ४८८ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको सोमबारको निर्णयअनुसार इन्स्पेक्टरहरुको सरुवा गरिएको हो ।

सरुवा भएका इन्स्पेक्टरहरुको असोज महिनादेखिको तलब, भत्ता समेत सरुवा भएको दरबन्दीबाट लिन पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ५ असोजको निर्णयबाट इन्स्पेक्टरहरुको सरुवा भएको हो ।

यसअघिका आईजीपी ठाकुर ज्ञवालीकै पालामा इन्स्पेक्टर सरुवा गर्ने प्रयास गरिए पनि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय, नक्सालबीच मतभेदका कारण रोकिएको थियो । थापाको समयमा पनि तीब्र दबाबका कारण लामो समय रोकिएको निरीक्षकको सरुवा सोमबार भएको हो ।

सरुवा सूची अनुसार महानगरीय प्रहरी प्रभाग, बुढानीलकण्ठमा राजकुमार तामाङ, साँखु प्रभागमा जानुका देवी खरेल, पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपमा चन्द्रकिशोर शाह र इलाका प्रहरी कार्यालय खानीखोलामा रुपा थापा पठाइएका छन् ।

इलाका प्रहरी कार्यालय रसुवामा केदार बस्नेत, वडा प्रहरी कार्यालय नेपालगञ्जमा डिल्लीबहादुर खड्का, इलाका प्रहरी कार्यालय आबुखैरेनीमा विकास थापालाई प्रहरी प्रधान कार्यालयले पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्