१ हजार १५४ जनामा कोरोना संक्रमण थपिए, १६ जना संक्रमितको मृत्यु

काठमाडौं, ५ भदौ । सोमबार थप १ हजार १५४ जनामा कोरोना संक्रमण थपिएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६५ हजार २७६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४७ हजार २३८ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ छ । पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्