यस पटकको मदन पुरस्कार ‘महारानी’ उपन्यासलाई, जगदम्बा श्री पुरस्कार शान्ति ठटाललाई दिइने
काठमाडौं, असोज ४ । २०७६ सालको मदन पुरस्कार महारानी उपन्यासलाई प्रदान गरिने भएको छ ।मदन पुरस्कार गुठीको साधारण सभाले मदन पुरस्कार महारानी उपन्यासका लागि चन्द्रप्रकाश बानियाँलाई दिने निर्णय गरेको हो ।
यसैगरी २०७६ सालको जगदम्बा श्री पुरस्कार शान्ति ठटाललाई दिने निर्णय पनि गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।
विगत ६ दशकदेखि नेपाली गीत–सङ्गीतमा योगदान पुर्याएको भन्दै ठटाललाई जगदम्बा श्री पुरस्कार दिने निर्णय गरिएको गुठीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्