सकियो नेकपा सचिवालय बैठक , मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल
काठमाडौं , असोज ४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक तीन घण्टा बसेर सकिएको छ।पहिलो पटक पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ ।
पार्टी कार्यालय पेरिसडाडाँमा बसेको बैठकमा नेताहरुले यसबारे आ(आफ्नो धारणा राखेका छन् । मन्त्रिपरिषद् पुनर्गठनबारे विभिन्न कोणबाट छलफल भएको छ, प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।
बैठकका अरु एजेण्डामा छलफल गर्न भोलि १ बजे फेरि बैठक बस्ने भएको छ ।पार्टीमा हालै भएको सहमतिअनुसार प्रचण्डले ओलीसँगको परामर्शमा सो बैठक पेरिसडाँडामा राखेका हुन्।यसअघि प्रधानमन्त्री निवास बालुवाटारमै बस्दै आएको सचिवालय बैठक पहिलो पटक आइतबार पूर्वमाओवादी पार्टी कार्यालयमा राखिएको हो ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायत सचिवालयका सबै सदस्यहरु उपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस्