कोरोनाबाट नेपालमा पहिलो पटक एक सैनिक जवानको मृत्यु

काठमाडौँ , असोज ४ । कोरोनाबाट नेपालमा पहिलो पटक एक सैनिक जवानको मृत्यु भएको छ । काठमाडौँ उपत्यकामा कार्यरत रामेछापका ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको नेपाली सेनाले जनाएको छ । पहिलोपटक कोरोना संक्रमणबाट नेपाली सेनामा कार्यरत एक जनाको मृत्यु भएको यो पहिलो पल्ट हो ।यसअघि अहिलेसम्म कुनै पनि सुरक्षा निकायका कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु भएको थिएन ।

लामो समयदेखि ब्‍लड क्यान्सरका बिरामीसमेत रहेका ती जवानको भदौ २९ गते मृत्यु भएको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए ।मृत्युपछि असोज १ गते उनमा कोरोना पोजेटिभ भएको देखिएको थियो भने‘उपचारकै क्रममा उनको मृत्यु भएपछि कोरोना पोजेटिभ पाइएको आएको हो ।

हालसम्म नेपाली सेनाका २ हजार ५६ जनामा कोरोना संक्रमण छ । जसमा १ हजार ६५४ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन भने ४०१ जना निको भएर आफ्नो जिम्मेवारीमा फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्