नेकपा सचिवालय बैठक सुरू

काठमाडौं, ४ भदौ । नेकपाको सचिवालय बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा केही समयअघि सुरू भएको बैठकमा स्थायी कमिटीले गरेका निर्णयहरू कार्यान्वयन गराउने विषयमा छलफल हुनेभएको छ ।

आजको बैठकले नेकपाका विभाग र प्रतिष्ठानबारे अध्ययन गर्न सचिवालयले नै कार्यदल गठान गर्ने बुझिएको छ । स्थायी कमिटी बैठकले १ महिनाभित्र पार्टी एकताका कामलाई सम्पन्न गर्ने निर्णय गरेको थियो । त्यसलाई आजको बैठकले पूणैता दिने छ ।
यस पटकको बैठकमा सबै सचिवालय सदस्यहरूलाई समान कर्सीको व्यवस्ता गरेको छ । यसअघि बालुवाटारमा बस्ने सचिवालय बैठकमा दुई अध्यक्षका लागि छुट्टै कुर्सी(टेबल राखिन्थ्यो। कुनै बेला त अध्यक्ष केपी शर्मा ओलीको मात्र कुर्सी(टेबल अरूको भन्दा फरक हुने गरेको थियो।

प्रतिक्रिया दिनुहोस्